जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौँ - जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षति भएको थियो ।