काठमाण्डौँ - पाकिस्तानको सिन्ध प्रान्तस्थित संघर जिल्लामा बेरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको मृत्यु भएको छ ।
हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको पाकिस्तान टुडेले जनाएको छ ।
विषाक्त पानी सेवनपछि तुरुन्तै उनीहरूलाई अस्पताल लगिएको अधिकारीले जनाएका छन् । उनीहरूमा ज्वरो, बान्तालगायत असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए । उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो ।
घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँ पठाइएको थियो । जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्प बन्द गरिएको छ ।