काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधिनतामाथि आँच आउने खालको प्रावधान रहेको उनको जिकिर थियो ।