काठमाडौँ । बालकुमारी घटना लगत्तै ललितपुर जिल्लाको सिडियो र प्रहरी प्रमुख फेरिएका छन् । शुक्रबार गृह मन्त्रालयले
जिल्ला प्रशासन कार्यालय ललितपुरमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ ।
यसअघि उनी गृह मन्त्रालयको आन्तरिक प्रशासन महाशाखामा रहेका थिए । यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी शेखर खनालको सरूवा भएको छ।
शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।
बालकुमारी घटनापछि ललितपुरका सिडिओ र प्रहरी प्रमुखको सरूवा भएको थियो।