काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच तीन घण्टा वार्ता भएको छ ।
तीनजना शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
पछिल्लो समय नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको नाम मुछिएको सहकारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ ।
अधिवेशन सुरू हुनुअघि नै समिति गठनबारे निष्कर्ष निकाल्ने प्रधानमन्त्रीले प्रयास गरिरहेका छन् ।