काठमाडौँ - चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले बस्तीमा पसेर चारवटा घर भत्काइदिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चारवटा घरमा क्षेति पुराएको जानकारी दिएका छन् ।
हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधन उच्चस्तरको प्रविधि प्रयोग गरिएको भएता पनि रोक्न नसकिएको र हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको छ।
हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।