काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।
भूकम्पका कारण कर्णालीको जाजरकोट र रूकुममा भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफल गर्न बैठक बोलाइएको हो ।
आज सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण प्रधानमन्त्रीले भोलि बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण जाजरकोट र पश्चिम रूकममा पुगेर क्षतिको विवरण संकलन गरिसकेका छन् ।