बझाङ - बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका(११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । टिमुर टिप्न गएका बेला ढुंगा खसेर टाउकोमा चोट लाग्दा उनको मृत्यु भएको हो ।
त्यस्तै भूकम्पबाट घाइते हुनेको संख्या १५ पुगेको छ । ७ वर्षीय सलिना जोशीको खुट्टा र ११ वर्षीया प्रमिला जोशीको हाथ भाँचिएकाले थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ ।