काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरमा हुरीले ढालेको रुखले किच्दा एक वृद्धको मृत्यु भएको छ।
सोमबार राति ९ बजेतिर आएको हावाहुरीले रुख ढाल्दा विशालनगरस्थित गल्ली नं ६ मा ७० वर्षका दलु पुरीको ज्यान गएको हो ।
रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए।