काठमाडौं - नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।
आज सिहंदरबारमा भएको सम्झौतामा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका हुन् ।
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेको अवसरमा सम्झौतामा हस्ताक्षर भएको हो ।
जयशंकर दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आएका हुन् ।