काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । शनिबार उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उद्योगको अवलोकन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायत उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।
सोही क्रममा उनले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए । उनले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए ।
उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा वि.सं.२०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो ।