काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने दोहोर्याएका छन् ।
प्रतिनिधि सभाको आजको बैठक सुरू हुने बित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद यादवलाई बोल्न समय दिएका थिए । यादवले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने पार्टीको अडान दोहोर्याएका थिए ।
संसदीय समिति बनाएर छानबिन गर्ने कुरा गृहमन्त्रीकै हितमा हुने पनि उनले बताए । गरिब जनताले सहकारीमा जम्मा गरेको बचत लामिछाने कुनै बेला संलग्न रहेको संस्था गोर्खा मिडियामा आएको देखिएकोले छानबिन आवश्यक रहेको उनले बताए ।