काठमाडौँ । चितवनको दक्षिणी भेग माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान ९ बजेको समयमा माडी नगरपालिका–१ शिकारीपुर चट्याङ लागेर ५० वर्षीया सरस्वती महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
आफ्नै गोठमा भैँसीलाई कुडो हाल्न जाँदा एक्कासी चट्याङ लागेर महतो घाइते भएकी थिइन् ।
लगत्तै उपचारका लागि माडीस्थित बघौडा अस्पताल लैजादा उपचारको क्रममा १०ः५० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।