तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँ कारोबार भएको थियो ।