गोलसँगै सकियो मेस्सीको अर्जेन्टिना यात्रा, भावुक बिदाइ

  • बुधबार २१ असो २०८३ ०१:०१ PM
काठमाडौं:  लियोनल मेस्सीका लागि अर्जेन्टिनाको जर्सीमा अन्तिम खेल निकै भावुक बन्यो। मैदानमा गोल गरे, दुई गोलका लागि पास मिलाए अनि हजारौं समर्थकमाझ भावुक हुँदै राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याए।ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा बेनिनविरुद्ध मेस्सीले अर्जेन्टिनाका लागि अन्तिम खेल खेले। राष्ट्रिय टोलीबाट उनको यो २०८औं खेल थियो। अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा बेनिनलाई ३–० ले हराउँदा मेस्सीले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरे।त्यसअघि, उनले निकोलस ओटामेन्डी र निको पाजको गोलमा म