काठमाण्डु– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । चाडपर्वमा शान्ति सुरक्षालाई खलल तुल्याएर हुनसक्ने विभिन्न आपराधिक घटनालाई निस्तेज तृुल्याउन प्रहरीले उक्त सुरक्षा योजना कडाइका साथ लागू गरेको हो । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित एवं उल्लासमय बनाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी