काठमाण्डु– इजरायलमा ‘केयरगिभर’ रोजगारीका लागि पठाइदिने भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेका बेला प्रहरीले अन्य पीडितलाई समेत जाहेरी दिन आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार शाखाको पत्र तथा विमल पराजुलीको जाहेरीका आधारमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंसहित ४ जनालाई पक्राउ गरीएको