किन दिएनन् अर्जुननरसिंह केसीले कुनै पदमा उम्मेदवारी ?

  • बुधबार २१ असो २०८३ ०६:४२ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको १५औँ महाधिवेशनमा आफूले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्दै केसीले उम्मेदवारी नदिने निर्णय असन्तुष्टि, निराशा वा कुनै अडानका कारण नभएको स्पष्ट पारेका छन् । उनले आफू आगामी दिनमा पनि उत्साह र ऊर्जाका साथ पार्टीमा सक्रिय रहने बताएका छन्