राष्ट्र बैंकले गर्‍याे ३० अर्बको निक्षेप बोलकबोल आह्वान

  • बुधबार २१ असो २०८३ ०५:३० AM
काठमाण्डु– नेपाल राष्ट्र बैंकले ३० अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ । बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ । घटीमा १० करोड र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ ।