काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशम्शेर राणाले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राणाले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गरे । उनले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सिंगो तरुण पंक्तिको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा रहेको