‘नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभव जोडेर कांग्रेस बलियो बनाउनुपर्छ’

  • बुधबार २१ असो २०८३ ०६:०८ AM
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरेर कांग्रेसलाई सशक्त र गतिशील बनाउनुपर्ने बताएका छन् । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले पार्टीलाई आगामी चुनौती सामना गर्न सक्ने गरी थप बलियो बनाउन नयाँ र पुरानो पुस्ताबीचको समन्वय आवश्यक रहेको बताए ।