गुहेश्वरी फाइनान्सले १६.८४ करोडमा किन्यो १२ आना जग्गा

  • बुधबार २१ असो २०८३ ०५:३२ AM
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १२ आना जग्गा खरिद गरेको छ। कम्पनीले ललितपुर महानगरपालिका ३ मा १२ आना जग्गा खरिद गरेको हो। कम्पनीले १६ करोड ८४ लाख ९० हजारमा सो जग्गा खरिद गरेको जनाएको छ। कम्पनीका अनुसार असोज २० गते जग्गा खरिद गरिएको र कम्पनीको स्वप्रयोजनको लागि प्रयोग हुनेछ।   The post गुहेश्वरी फाइनान्सले १६.८४ करोडमा किन्यो १२ आना जग्गा appeared first on Businesspana.