एनपिएलको तयारी अन्तिम चरणमा

  • बुधबार २१ असो २०८३ ०४:४२ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो । प्रतियोगिताको हरेक संस्करण