एमाले स्थायी कमिटीको पहिलो बैठक असोज २२ गते

  • बुधबार २१ असो २०८३ ०५:१५ AM
काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । पार्टीको ११औँ महाधिवेशनपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठक यही असोज २२ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा पार्टीका आगामी काम तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।