चाडपर्व नजिकिँदा अटो बजार तात्यो, सवारी खरिदमा १२ लाखसम्म छुट

  • बुधबार २१ असो २०८३ १०:०० AM
काठमाडौं : दसैं नजिकिएसँगै नेपाली अटोमोबाइल बजारमा चहलपहल बढ्न थालेको छ। दसैं–तिहारलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीले नयाँ सवारीसाधन खरिदमा नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क बिमा, सडक कर छुट, फाइनान्स सुविधा तथा आकर्षक उपहारसहितका योजना सार्वजनिक गर्न थालेका छन्।पछिल्लो समय सुस्त रहेको अटो बजारलाई चाडपर्वको बिक्रीले गति दिने अपेक्षा व्यवसायीको छ। नेपाली अटोमोबाइल बजारमा दसैंलाई सवारीसाधन खरिद–बिक्रीको मुख्य सिजन मानिन्छ। चाडपर्वमा नयाँ सामान घर भित्र्याउने परम्पराका कारण नयाँ स