काठमाडौं : सिभिल तथा ट्रान्सपोर्टेसन इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको खसआर्यतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। लोकतान्त्रिक इन्जिनियरहरूको केन्द्र नेपालका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका केसीले प्राविधिक, युवा र विज्ञ समुदायको ज्ञानलाई पार्टीको नीति निर्माणमा जोड्ने एजेन्डासहित उम्मेदवारी दिएका हुन्।केसीले अमेरिकाको युनिभर्सिटी अफ हवाई एट मानोआबाट सन् २०१० मा सिभिल तथा वातावरणीय इन्जिनियरिङमा मास्टर अफ साइन्स (एमएस) गरेका छन्। केसी नेपालको पूर्वाधार, यातायात, सडक सु