हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

  • बुधबार २१ असो २०८३ ०२:५० AM
काठमाण्डु – बेल्जियममा जन्मिएका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मङ्गलबार स्टकहोममा पुरस्कार घोषणा गरेको हो। ८२ वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयसँग आबद्ध छन्। उच्च–ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण