अन्नपूर्ण पोस्ट् दैनिकको असोज २० गतेको प्रथम पृष्ठमा एउटा संयोग छ, पृष्ठको मुख्य समाचारमा छन् पुरानो लोकतान्त्रिक पार्टीलाई नेतृत्व दिइरहेका नेपाली कांग्रेसका युवा अनुहार गगन थापा। पुछारमा ७७ वर्षीय झलनाथ खनालमा जागेको अझै नेता बन्ने मृगतृष्णा। झलनाथ खनाल एक पात्रमात्रै होइनन्, यो प्रवृत्ति हो।जीवनको उत्तरार्द्धमा आउँदा पनि पदको भोक लागिरहने र बाँचुञ्जेल राजनीति गरिहने प्रवृत्ति मूलतः नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको समान रोग हो। त्यसभन्दा भिन्न हुन नसकेका पात्रमात्रै हुन् खनाल। उनी एक्ला छ