काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत झापाकी युवा नेतृ रुबी सिटौलाले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएकी छन्। उनले कोशी प्रदेशको महिला (युवा) तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्। झापाबाट कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी सिटौलाले आफ्नो स्थानीय राजनीतिक अनुभवलाई अब राष्ट्रिय जिम्मेवारीसँग जोड्न उम्मेदवारी दिएको बताइन्। दन्तचिकित्सा (डेन्टिष्ट्री) शास्त्र अध्ययनरत उनले स्वास्थ्य क्षेत्रको अध्ययनसँगै सामाजिक तथा नीतिगत विषयमा पनि निरन्तर सक्रियता जनाउँदै आएकी छन्। &