काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका मुख्य न्यायाधीशसहित ४ जना न्यायाधीशहरूलाई सिफारिस गरेको छ। परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई सिफारिस गरेको हो। परिषद्की प्रवक्ता रामप्यारी सुनुवारका अनुसार, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत