कांग्रेस महाधिवेशन : पदाधिकारी ताक्नेको लर्को

  • बुधबार २१ असो २०८३ ०७:०० AM
काठमाडौं : कांग्रेसको समकालीन राजनीतिमा निवर्तमान सभापति शेरबहादुर देउवासँगै छुटेका बाहेकका सिनियर नेताहरू अधिकांशले पदाधिकारी ताकेका छन्। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा अधिकांशले पदाधिकारीमा रहर गरेका छन्।सभापतिमा गगन थापासहित किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी दर्ता गरेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।त्यसैगरी २ खुला उपसभापति पदका लागि ९ जना र १ समावेशी उपसभापतिका लागि ५ जना मैदानमा उत्रिएका छन्।