तस्बिरमा अर्जेन्टिनासँग लियोनल मेस्सीका ऐतिहासिक क्षण

  • बुधबार २१ असो २०८३ १२:२८ AM
काठमाण्डु– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्तिम चरणमा पुगेको छ। मंगलबार अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित प्रतिष्ठित मोनुमेन्टल रंगशालामा बेनिनविरुद्धको मैत्रीपूर्ण खेल मेस्सीका लागि राष्ट्रिय टोलीबाट २०८औँ तथा अन्तिम भएको छ। ३९ वर्षीय मेस्सीको विदाइका क्रममा अर्जेन्टिनामा भावुक क्षणसँगै भव्य समारोह आयोजना गरिएको छ। जहाँ उनका हजारौं समर्थकले उठेर मेस्सीको स्वागत