काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्यान्ड्समा विष्णु पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नेदरल्यान्ड्समा एनआरएनएभित्र देखिएको संस्थागत विवाद र केन्द्रमा लामो समयदेखि जारी विवादको पृष्ठभूमिमा विशेष साधारण सभा आयोजना गरिएको थियो । विशेष साधारण सभाले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा विष्णु पोखरेल चयन भएका छन् ।