भोटेकोसी बाढी प्रभावितलाई न्यूनतम एक लाख नगद सहायता, सरकार-रेडक्रसबिच सम्झौता

  • मङगलबार २० असो २०८३ ०९:५९ PM
काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ । कार्यक्रमअन्तर्गत पहिचान भएका विपद् प्रभावित परिवार तथा व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले न्यूनतम एक लाख रुपैयाँ बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइनेछ । नगद सहायता वितरणका लागि मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबिच मङ्गलवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा