कर्णालीमा चिकित्सकहरूको आन्दोलन : मन्त्रालयले दियो कारबाहीको चेतावनी

  • मङगलबार २० असो २०८३ १०:०० PM
वीरेन्द्रनगर : कर्णाली प्रदेशमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता कटौतीको विरोधमा थालेको आन्दोलनका कारण प्रदेशभर स्वास्थ्य सेवा प्रभावित भएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि प्रदेश अस्पताल सुर्खेतसहित १० वटै जिल्ला अस्पतालहरूमा नियमित उपचार सेवा प्रभावित भएको हो।  स्थायी र करार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि दिइँदै आएको प्रोत्साहन भत्ता र समान सेवा(सुविधामा प्रदेश सरकारले विभेद गरेको भन्दै कर्णालीका चिकित्सकहरू हप्तादिन अघिदे