मैदानमा मेस्सी युग सकिँदै

  • मङगलबार २० असो २०८३ १०:०० PM
काठमाडौं : लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आज अन्तिम खेल खेल्दैछन्। बेनिनविरुद्ध ब्युनस आयर्सस्थित मोनुमेन्टलमा हुने मैत्रीपूर्ण खेल उनका लागि राष्ट्रिय टोलीको जर्सीमा २०८औं र अन्तिम खेल हुनेछ।अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेलेका र सर्वाधिक गोल गरेका मेस्सीले ३१ अगस्टमा राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए। विश्वकप फाइनलमा स्पेनसँग पराजित भएको करिब छ सातापछि उनले आफूमा अब राष्ट्रिय टोलीलाई दिन बाँकी केही नरहेको संकेत गर्दै अन्तर्राष्ट्रिय यात्राबाट अलग हुने निर्णय गरेका हु