सडनडेथमा रेडहर्सलाई हराउँदै पुलिस सेमिफाइनलमा

  • मङगलबार २० असो २०८३ ०३:५३ PM
पथरी – गोलरक्षक अमित टमाटाले सडनडेथमा विशाल दर्जीको प्रहार पन्च गर्दै बाहिर पठाएपछि नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पुलिसले मंगलबार रेडहर्स फुटबल क्लब इलामलाई सडनडेथमा ४–३ ले हरायो । पथरी रंगशालामा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा दुवै टोलीले ४–४ गोल गरेपछि