यस वर्ष दशैं टीकाको साइत बिहान १०:२६ बजे

  • मङगलबार २० असो २०८३ ०९:०० PM
काठमाडौँ : यो वर्ष विजया दशमी (दशैं)को टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मङ्गलबार साँझ सूचना जारी गर्दै कात्तिक ४ गते परेको विजया दशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको जानकारी दिएको हो। विकास समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ।यस्तै, असोज २५ गते घटस्थापनाको शुभ साइत बिहान ११:४७ बजे रहेको छ।