काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा तपेन खड्काले उम्मेदवारी दिएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा खड्काले पिछडिएको क्षेत्र तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । उनी अछामबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । नेता खड्काले लामो समयदेखि कांग्रेसको भातृ संगठन नेविसंघमा काम गरेका छन् ।