काठमाण्डु– जापानको आइची–नागोयामा हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी नेपाली खेलाडीलाई ह्वाइट याकले प्रोत्साहनस्वरूप टिसर्ट प्रदान गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटी, सदस्य सरोज श्रेष्ठ तथा पारा एथलेटिक्स संघ नेपालका सचिव साङबु भोटेले खेलाडीलाई टिसर्ट हस्तान्तरण गरे। आइची–नागोयामा अक्टोबर १८ देखि २४ तारिखसम्म हुने एसियाली पारा खेलकुदमा नेपालले आठ