पाकिस्तानमा अनौठो घटना : जागिरको प्रलोभन देखाउँदै ६० युवतीको मोबाइल बोकेर फरार भए ठग

  • मङगलबार २० असो २०८३ ०१:२८ PM
कराँची– पाकिस्तानको कराँचीमा जागिरको प्रलोभन देखाएर बोलाइएका कम्तीमा ६० hgf युवतीका मोबाइल फोन लिएर ठगहरू फरार भएका छन्। सामाजिक सञ्जाल र ह्वाट्सएप समूहमार्फत् उनीहरूलाई एक कार्यक्रमका लागि स्टल व्यवस्थापनको काम दिइने भन्दै बोलाइएको थियो। सेप्टेम्बर ३० मा उनीहरूलाई कराँचीबाहिरको एउटा फार्महाउसमा लगिएको थियो। फार्महाउसमा पुगेपछि कम्पनीको नीति भन्दै सबै युवतीका मोबाइल फोन जम्मा गराइएको थियो।