काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ वा हानी गरेको भन्दै धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डलसहित ५ जनामाथि मुद्दा दायर गरेको छ । आयोगले धनौजी गाँउपालिकाले आर्थिक वर्ष २०७७/७८ मा डीप बोरिङ जडान, शीत भण्डारको पर्खाल निर्माण तथा विद्यालय भवन निर्माण योजनाको ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन