काठमाण्डु- नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। पार्टीको संशोधित विधानमार्फत यसै महाधिवेशनबाट सिर्जना गरिएको वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र वरिष्ठ उपसभापति पदमा एकमात्रै उम्मेदवारी परेपछि शर्मा निर्विरोध भएका हुन्। कांग्रेसमा