काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतका लागि चार जना न्यायाधीशको नाम सिफारिस गरेको छ। मंगलबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिस गरेको परिषद्का एक सदस्यले अन्नपूर्णलाई बताए। बागचन उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन्। त्यस्तै सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौंडा इजलास र डाँगी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत छन्। डाँगी हालः सर्वोच्च अदालतमा काजमा काम गर्द