काठमाडौं : नेपाली कांग्रेसकी नेत्री रिता खनालले महामन्त्री (महिला) पदमा उम्मेदवारी दर्ता गराएकी छन्। पार्टीको १५औं महाधिवेशन अन्तर्गत खनालले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी हुन्। पार्टी सभापति गगनकुमार थापाले गरेको संकल्पलाई साथ दिन, सिंगो काङ्ग्रेसभित्र परिवर्तनको जग बलियो बनाउन, आस्था र निष्ठाको राजनीतिलाई व्यवहारमा अनुभूति गराउन, देशको अस्थिर राजनीतिलाई स्थिरतातर्फ लैजान र लोकतन्त्रलाई मजबुत बनाउन आफूले उम्मेदवारी दिएको खनालको भनाइ छ।