काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डुले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’का क्रममा पछिल्लो २४ घण्टामा विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार गत २४ घण्टामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार र चालु मुद्दाका फरार ती प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए