काठमाण्डु– आम जनता पार्टी (आजपा)ले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ज्ञान, सीप र प्रविधिको प्रयोगलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यले ‘एआई एलाइन्स’ गठन गरेको छ। आजपाको जनवर्गीय संगठन विशेष कमिटीको काठमाडौंको अनामनगरमा बसेको बैठकले एआई एलाइन्स गठन गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको हो। कमिटीका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा बसेको बैठकले एआईसम्बन्धी