काठमाडौं । नेपाली कांग्रेसका नेता तथा रसुवाबाट प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आचार्यले मंगलबार केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् । आचार्य यसअघि पनि कांग्रेसको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी कांग्रेसको १४औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका