विद्युत महसुल भुक्तानीमा डिजिटल प्रणाली विस्तार गर्न मन्त्री श्रेष्ठको निर्देशन

  • मङगलबार २० असो २०८३ ११:२५ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुलको विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र प्रभावकारी रूपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । सूचना प्रविधिको युगमा समेत नागरिकहरू विद्युतको बिल तिर्न घण्टौँसम्म कार्यालयमा लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले डिजिटल पेमेन्टलाई अभियानकै रूपमा अघि बढाउन निर्देशन दिएका हुन्