काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी ऐन, २०६३ अन्तर्गत परेको मुद्दामा सुनुवाइ गर्दै अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रसाईंविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानपछि जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर भएको थियो ।